✍️✍️✍️
जब चल्छ यो हावा हुरी मन डराउंछ।
हुन्छ गरिबलाइ मजबुरी मन डराउंछ।
आफ्नाहरु टाढा हुने बिपत्तिको बेला,
खोइ कस्तो हो?यो दुरि, मन डराउंछ।
रोगले च्याप्दा,पानी दिने कोहि हुंदैन,
हान्छ अभावले खुकुरी, मन डराउंछ।
हुने खाने पनि जब हुंदा खाने बन्छन,
बिलाउंछ त्यो चुरी-फुरि मन डराउंछ।
भुकम्पले तर्सेको हिजो जस्तो लाग्छ,
हो चल्दा पनि हावा हुरि मन डराउछ।
शिव प्रसाद नेपाल
0 Comments