बाँदर भन्दा कम मानव पनि छैनन्,दिन्न घर सजाउन, पापी दुनियाँले

न हाँस्न दे न हसाउन, पापी दुनियाँले।
थाप्छ जालो फसाउन, पापी दुनियाँले।

बाँदर भन्दा कम मानव पनि छैनन्,
दिन्न घर सजाउन,  पापी दुनियाँले।

नजर लाग्छ हाम्रो त एक प्रगतिमा,
खोज्छ सधैँ खसाउन,पापी दुनियाँले।
सुन्दर मेरा सपना सुखी जीवनको,
पार्यो सुख दबाउन, पापी दुनियाँले l

माया र करुणामा संसार अडेको छ,
ताक्छ घृणा बढाउन, पापी दुनियाँले।

शिव प्रसाद नेपाल 

Post a Comment

0 Comments