अन्तिम विकल्पले परदेशी बनायो,

पढाई अधुरै छाडें बाबाको हत्केला देखेर।
कोदालो बेल्चा हान्दा उठेका ठेला देखेर।

पढाई भन्दा जागीर खाने सोच पलायो,
आसुले टिल्पिल भरिएको परेला देखेर।
जागिर खोज्न गएको थिए आशै हरायो,
हर ठाउँमा ठुलाबडा ज्वाइचेला देखेर।

अन्तिम विकल्पले परदेशी बनायो,
रुन्छु म महिना भरको ज्याला देखेर।।

Post a Comment

0 Comments