उफ्रेको आँगन छाडेर, बारी खन्न आयौ तिमी।

✍️✍️✍️
जीवनभर सहारा बन्न,सबै छाडेर आयौ तिमी।
घर त आखिर त्यो नि थियोे,माइती बनाई आयौ तिमी।

छोरीमै खुसि थियौ होला, बुहारी बन्न आयौ तिमी,
उफ्रेको आँगन छाडेर, बारी खन्न आयौ तिमी।
टीका र बिन्दी ला'कै थियौ, सिन्दुर लाउन आयौ तिमी,
घरकै धारो छाडेर उता, पँधेरो धाउन आयौ तिमी ।।

Post a Comment

0 Comments