✍️✍️✍️
बिरामी छेउ भन्ने कुरा, थाहा पाएर हो।
आफ्नो भन्दा धेरै पिर तिम्रो लाएर हो।
के पो भयो कसो भयो बिन्ती भनिदेउ,
अतालिंदै तिम्रै तस्बिर हेर्न धाएर हो।
महामारी को समयमा ख्याल गर्नु है त,
मुख नबारी केही कतै,पक्कै खाएर हो।
कामना छ देउता सँग छिटै निको हुनु,
यति विधि मनले तिम्रै,भलो चाहेर हो।
शिव प्रसाद नेपाल
0 Comments