केही रिन तिर्नु छ पुराना दिन फिर्नु छ।

✍️✍️✍️
केही रिन तिर्नु छ पुराना दिन फिर्नु छ।
सफलताको~माला, घाँटीमा भिर्नु छ।

जस्तालाइ त्यस्तै गर्न जानिएन र पो,
जसरी नि बैगुनी~लाई गुनले पिर्नु छ।
मेरो दुखमा हांसेउ,गुनासो केही छैन,
तर तिम्रो दुखमा,आँसु बनेर छिर्नु छ।

लुकाछिपी धेरै भयो संबन्धको खेलमा,
मनमा पालिएका भ्रमहरु सबै चिर्नु छ।

शिव प्रसाद नेपाल 

Post a Comment

0 Comments