आफ्नु घर लाने तिमीलाई ।।

मनले खोजेर छाने तिमीलाई।
एकै नजरमा जाने तिमीलाई ।

रेसमी रातमा  चाँदनी बनेर ,
धपक्कै बलेको माने तिमीलाई।
तारा मण्डलमा संगै रमाएकी,
गगनबाट याँ ताने तिमीलाई ।

बेहुली बनाइ  घुम्टो ओढाई,
आफ्नु घर लाने तिमीलाई ।।

शिव प्रसाद नेपाल 

Post a Comment

0 Comments