तिम्रो अनि मेरो सहर बदलियाे ।
सँगसँगै हुर्किएकाे रहर बदलियाे।
जब हामीले एकअर्कालाई अन्जान,
देख्यौं खुशीहरु त्यै प्रहर बदलियाे।
एउटालाई चाेट लाग्दा दुख्ने मुटुकाे,
सायद आँसुहरु बग्ने नहर बदलियाे।
मृत्युपनि एकैसाथ हुनुपर्छ भन्ने हाम्रो,
हिजोआज सोचाइको ठहर बदलियाे।।
शिव प्रसाद नेपाल
0 Comments