✍️✍️✍️
किन- किन मलाई यो,घाम मन पर्दैन।
हो तिम्रा~यादहरुको, जाम मन पर्दैन।
नाम संगै छ परिचय,भन्न पाए हुन्थ्यो,
बिना पहिचानको त्यो नाम मन पर्दैन।
एकै छाक र एक सरो नि, पुगेन र पो,
इज्जत सम्मान नहुने काम मन पर्दैन।
चिट्ठी थियो, हुनु पर्छ, रगतले कोरेको,
सम्बोधनमा नहुंदा म, खाम मन पर्दैन।
शिव प्रसाद नेपाल
0 Comments