बिचार नमिले पछि जो पनि झर्किन्छ तिमी पनि झर्केउ।

✍️✍️✍️                                

खोजेको नभेटे पछि जो पनि फर्किन्छ तिमी पनि फर्केउ।
बिचार नमिले पछि जो पनि झर्किन्छ तिमी पनि झर्केउ।

हिजो जति सुकै माया मोह होस दरार परे पछि पर्यो पर्यो,
बाटोहरू मोडिए पछि जो पनि तर्किन्छ तिमी पनि तर्केउ।
हरेक साथी कमिना हुन्छ,भेट्मा बिगत कोट्याई जिस्किन्छ,
बिगत कोट्याउने सँग जो पनि चर्किन्छ तिमी पनि चर्केउ।

साथी हो हक बन्छ तिमेर्को माया खेल हो भनि थर्काउन,
सम्झाउदै  थर्काउदा  जो पनि थर्किन्छ  तिमी पनि  थर्केउ।
शिव प्रसाद नेपाल 

Post a Comment

0 Comments