फुलमा भमरा डुल्ने बेला गयौ सानु।

लह लह धान झुल्ने बेला गयौ सानू।
कोपिलामा फुल फुल्ने बेला गयौ सानू।

मन्द सुवास छर्न जव सुरु गर्दै थियो,
फुलमा भमरा डुल्ने बेला गयौ सानु।
बन्धनमा थिए फुत्किने मौका खोज्दा,
मायालुको बाध खुल्ने बेला गयौ सानु।

केही समय पनि धैर्य अर्न सकिनौ हगि,
आँसु भित्र हासो घुल्ने बेला गयौ सानु।।

शिव प्रसाद नेपाल 

Post a Comment

0 Comments