निको नहुने गरेर एक्लो पन दुखेको छ।

✍️✍️✍️
छिया छिया भा झैँ गरि तन दुखेको छ।
हिजो अस्ति भन्दा पनि झन् दुखेको छ।

मैले हिजो भर्खरै आफन्त गुमाएको छु,
त्यसैले त बेजोडले धड्कन दुखेको छ।
टाढा कतै एकान्तमा अल्झ्यो जिन्दगी,
निको नहुने गरेर एक्लो पन दुखेको छ।

डक्टर साब मलाई औषधि दिनुहोला,
आज जोड जोडले मेरो मन दुखेको छ।

शिव प्रसाद नेपाल 

Post a Comment

0 Comments